रेडियो सैनामैना

९१ मेगाहर्ज

Advertisement

रेडियो सैनामैना द्वारा वार्षिक भित्ते पात्रो विमोचन

रुपन्देहीको रेडियो सैनामैना ९१ मेगाहर्ज द्वारा बार्षिक भित्ते पात्रो (क्यालेन्डर) विमोचन गरिएको छ । संस्थाको अध्यक्ष कमला न्यौपानेको अध्यक्षता तथा रेडियो सैनामैनाका पुर्व अध्यक्ष एंव सल्लाहकार कृष्ण प्रसाद पोखरेलको प्रमुख आतिथ्यमा शनिवार क्यालेन्डर बिमोचन तथा सार्वजनिक गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरेलले सञ्चार क्षेत्र समाजको ऐना भएको उल्लेख गर्दै समाजमा सकारात्मक सन्देश फैलाउन रेडियोले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । सन्चार क्षेत्रका आफ्नै समस्याहरु हुंदाहुदै पनि समाज लाई सुसुचित गराउने कार्यमा रेडियो निरन्तर अघि रहेको स्मरण गर्दै अगामी दिनमा अझ सकृय भएर लाग्न शुभकामना दिनु भएको थियो ।

त्यसैगरी सस्थाको सल्लाहकार लक्ष्मी जोसिले रेडियो सन्चालनमा अप्ठ्यारो परिस्थिति भए पनि महिला नेतृत्वले ठूलो मिहेनत गरि संस्था चलाउन सकेको मा बधाई तथा शुभकामना दिनु भएको थियो । यस्तै रेडियो सैनामैनाका अध्यक्ष कमला न्यौपानेले रेडियो सैनामैनालाई सैनामैना र बुटवलदेखि पश्चिमकै गौरवको रुपमा बिकास गर्न स्थानीयहरुसंगको समन्वय र प्रोत्साहन आवश्यक रहेको बताउनु भएको थियो। कार्यक्रममा गौतमबुद्ध प्रेस कलवका अध्यक्ष थानेश्वर घिमिरे (नविन), रेडियो टाइम्सका प्रवन्ध सञ्चालक नरेश चौधरी, शेखर अर्याल, उज्यालो पोष्टका रमेश गैरे, कञ्चन खवरका जगीलाल थापा,रेडियो सैनामैना को स्टेसन म्यानेजर अनिल पहाडी लगायतको उपस्थिति रहेको थियो । रेडियो सैनामैना ९१ मेगाहर्जको अध्यक्ष कमला न्यौपानेको अध्यक्षता, उपाध्यक्ष रुमाखर गौतमको स्वागत तथा सचिब शुशिला शर्मा को सन्चालन मा कार्यक्रम सम्पन्न भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *