रेडियो सैनामैना

९१ मेगाहर्ज

Advertisement

गौतमबुद्ध प्रेस क्लबको प्रथम अधिवेशन सम्पन्न ।

रुपन्देही जिल्लाको सैनामैना, कञ्चन र गैडहवालाई समेटेर गठन गरिएको गौतमबुद्ध प्रेस क्लबको प्रथम अधिवेशन शुक्रबार सैनामैनामा सम्पन्न भएको छ । अधिवेशनले थानेश्वर घिमिरे (नविन) को अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । नवनिर्वाचित समितिको अध्यक्षमा अध्यक्षमा थानेश्वर घिमिरे (नविन), उपाध्यक्षमा कृष्ण भण्डारी, महासचिवमा अनिल पहाडी, सचिवमा नरेस चौधरी र कोषाध्यक्षमा रमेश गैरे चयन हुनुभएको छ । त्यस्तै सदस्यहरूमा अनिता चौधरी, प्रेम बुढाथोकी र गोबिन्द आचार्य रहनुभएको छ । त्यसअघि अधिवेशनको उदघाटन गर्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले गौतमबुद्ध प्रेस क्लवले यस क्षेत्रको समग्र विकासमा योगदान पु¥याउने विश्वास ब्यक्त गर्दै संचार क्षेत्रलाई मर्यादित बनाउन अभिभावकको भूमिका निर्वाह गर्ने विश्वास ब्यक्त गर्नुभयो । पत्रकार भन्ने वित्तिकै आवाज विहीनहरुको आवाजलाई ब्यक्त गर्ने प्रतिकको रुपमा बुझिने गरेको उल्लेख गर्दै उहाँले विकृति र विसंगति अन्त्यका लागि पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो । नगर प्रमुख शर्माले पत्रकारको धर्म विकृति र विसंगति बढाउने नभै अन्त्य गर्ने हो भन्दै यो बिषयमा सवै पत्रकारहरुको ध्यान जानुपर्ने उल्लेख गर्नुभयो । ………………. ……………… कार्यक्रममा कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले पत्रकारिता क्षेत्रले समाजका विकृति विसंगति अन्त्यमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताउँदै आगामी दिनमा पनि पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउँदै समाजलाई विकासको गतिमा अघि बढाउन क्लवको योगदानले सहयोग पुग्ने बताउनुभयो । सैनामैना नगरपालिकाका प्रथम नगर प्रमुख चित्रबहादुर कार्कीले पत्रकारिता क्षेत्र अझैपनि विभिन्न विचार र आस्थाबाट प्रभावित हुँदा निष्पक्ष पत्रकारिता हुन नसकेको बताउँदै कुनै मिसनका लागि गरिने पत्रकारिता घातक हुने भएकोले पत्रकारहरुले सधै सत्य र यथार्थमा आधारित पत्रकारिता गर्न सुझाव दिनुभयो । कार्यक्रममा सैनामैना उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण पोखरेल, सैनामैना ब्यापार संघका अध्यक्ष सुरेन्द्र पौडेल, एन प्याब्सन रुपन्देहीका अध्यक्ष तिलब केसी, प्याब्सन सैनामैनाका अध्यक्ष टोपलाल भट्टराई लगायतले शुभकामना दिनुभएको थियो । गौतमबुद्ध प्रेस क्लवका अध्यक्ष थानेश्वर घिमिरे (नविन) को अध्यक्षतामा भएको अधिवेशन उदघाटन समारोहमा उपाध्यक्ष कृष्ण भण्डारीले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको संचालन महासचिव अनिल पहाडीले गर्नुभएको थियो । अधिवेशनको अन्त्यमा निर्वाचन समितिका संयोजक छविलाल पाण्डे, भुवन जिसी र जगीलाल थापाले बोल्नै नयाँ निर्वाचित कार्यसमितिलाई बधाईसहित सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *