१४ माघ रेडियो सैनामैना ।
अनिल पहाडी ।
सैनामैना उद्योग वाणिज्य संघ सैनामैना रुपन्देहीको एघारौं बार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ ।
साधारण सभामा कोषाध्यक्ष, महासचिव र अध्यक्षको प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
सैनामैना नगरपालिकाका नगर प्रमुख फणिन्द्र प्रसाद शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उहाँले सैनामैनाको बिकाश समृद्धिमा सैनामैना उद्योग वाणिज्य संघको महत्वपूर्ण योगदान रहेको बताउनु भएको थियो । सैनामैनाको बिकाश द्रुतगतिमा बढिरहेको बताउँदै यसलाई सकारात्मक रुपमा लिई स्विकार गर्न आग्रह गर्नुभएको थियो।
नेपाल सरकारको हरेक आर्थिक गतिविधिमा उद्योग वाणिज्य महासंघको सुझाव सल्लाह लिदै अघि बढेको स्मरण गर्दै सैनामैनाको घरवहाल कर उद्योगी व्यवसायीहरुसँग नभैइ घरधनि संग लिईएको र यसमा व्यवसायीहरु चिन्तित नहुन आग्रह गर्नुभएको थियो।
बिशिष्ट अतिथि उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य उज्ज्वल कसजुले बजार ब्यापार चलाएमान भए मात्र सिंगो देश विकासमा अगाडि बढन सक्ने भनाई राख्नु भएको थियो ।
सैनामैना उद्योग वाणिज्य संघ सैनामैनाका पुर्व अध्यक्ष राज बहादुर क्षेत्री , निवर्तमान अध्यक्ष प्रेम बहादुर खडका , सैनामैना नगरपालिका वडा नं ४ का वडा अध्यक्ष राम प्रसाद अधिकारी , वडा नं ६ का वडा अध्यक्ष गोपाल पोखरेल सल्लाहकार रणबहादुर खनाल,
ईलाका प्रहरी कार्यालय रन्यौरा का प्रमुख प्रल्हाद केसि ,सैनामैना खानेपानी सरसफाई तथा उपभोक्ता सस्थाका अध्यक्ष एकबहादुर क्षेत्री ,सैनामैना सामुदायिक वन उपभोक्ता समिति सैनामैना १ का अध्यक्ष हुम रहाडी तिनाउ पश्चिम
बितरक संघका अध्यक्ष नरेश न्यौपाने लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।
संघको निवर्तमान अध्यक्ष प्रेम खडका तथा विभिन्न समाजिक
संघ सस्थाहरुको पदाधिकारी हरुमा निर्वाचित सदस्यहरुलाई सम्मान गरिएको थियो ।
सैनामैना उद्योग वाणिज्य संघ सैनामैनाका अध्यक्ष कृष्ण प्रसाद पोखरेल को अध्यक्षता वरिष्ठ उपाध्यक्ष लोकनाथ अधिकारीको स्वागत मन्तव्य कोषाध्यक्ष उदयराज खनालको आर्थिक प्रतिबेदन तथा महासचिव दिपेश्वर पौडेलको सन्चालन मा कार्यक्रम सम्पन्न भएको थियो ।








Leave a Reply