रेडियो सैनामैना

९१ मेगाहर्ज

Advertisement

सैनामैना–६ स्थित कलौनी कान्तिपुर स्कुलद्वारा बिपन्न विद्यार्थीलाई ट्र्याकसुट वितरण

सैनामैना–६ मा रहेको कलौनी कान्तिपुर स्कुलले प्रत्येक वर्षझैँ यस वर्ष पनि देउसी–भैलो कार्यक्रमबाट संकलन भएको रकमबाट सामाजिक उत्तरदायित्व वहन गर्दै सहयोगी कार्य गरेको छ।

स्कुलले सैनामैना नगरपालिका–७, आमीमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयका जेहेन्दार तथा बिपन्न बालबालिकाहरूलाई ट्र्याकसुट वितरण गरेको हो।

विद्यार्थीहरूको शैक्षिक यात्रा सहज बनाउने तथा उनीहरूलाई थप हौसला प्रदान गर्ने उद्देश्यले गरिएको उक्त सहयोग कार्यक्रम एक औपचारिक कार्यक्रमका बीच सम्पन्न भएको थियो।

ट्र्याकसुट हस्तान्तरण गर्दै कलौनी कान्तिपुर स्कुलका प्रधानाध्यापक सुनिल पोखरेलले भन्नुभयो,

“हाम्रा विद्यार्थीहरूले देउसी–भैलोबाट संकलन गरेको रकम सही ठाउँमा सदुपयोग होस् भन्ने हाम्रो चाहना हो। शिक्षा सबैका लागि समान हुनुपर्छ भन्ने सोचका साथ बिपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई सानो सहयोग गर्न पाउँदा हामी अत्यन्तै खुशी छौँ। यस्ता सामाजिक कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिनेछौँ।”

यस अवसरमा सहयोग प्राप्त विद्यालय राष्ट्रिय माध्यमिक विद्यालय, आमीका प्रधानाध्यापक ओमप्रकाश सरले धन्यवाद व्यक्त गर्दै भन्नुभयो,

“कलौनी कान्तिपुर स्कुलले हरेक वर्ष हाम्रो विद्यालयका विद्यार्थीहरूलाई लक्षित गर्दै देखाउँदै आएको सहयोग अत्यन्तै प्रशंसनीय छ। यसले बिपन्न परिवारका विद्यार्थीहरूलाई ठूलो प्रेरणा मिलेको छ। यस्तो अवसर मिलाइदिनु भएकोमा प्रधानाध्यापकज्यू तथा सम्पूर्ण विद्यालय परिवारप्रति हार्दिक आभार व्यक्त गर्दछु।”

कार्यक्रमले विद्यार्थीहरूमा सकारात्मक ऊर्जा थप्नुका साथै विद्यालयहरूबीचको सहकार्य र सामाजिक सद्भावलाई समेत मजबुत बनाएको सहभागीहरूको भनाइ रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *