रेडियो सैनामैना
५ माघ
सैनामैना नगरपालिका वडा नं।६ मा रहेको गोरखनाथ सामुदायिक सिकाइ केन्द्रको तेस्रो वार्षिक साधारण सभा आज सम्पन्न भएको छ। गोरखनाथ सामुदायिक सिकाइ केन्द्रको अध्यक्ष लता खड्का को अध्यक्षतामा सम्पन्न भएको हो।
सैनामैना नगरपालिकाका नगर प्रमुख फणिन्द्र प्रसाद शर्माको प्रमुख आतिथ्यता मा सम्पन्न कार्यक्रम मा सैनामैना नगरपालिका का पुर्व नगर प्रमुख चित्रबहादुर कार्की को बिशिष्ट आतिथ्यता, शहिद नारायण पोखरेल रामापुर क्याम्पसका क्याम्पस प्रमुख हेम बहादुर थापा , सैनामैना नगरपालिका वडा नं ६ का वडा अध्यक्ष गोपाल पोखरेल ,सल्लाहकार राज बहादुर क्षेत्री , लक्ष्मि आचार्य शिव लाल बस्याल , रुमाखर गौतम , सुशिला शर्मा लगायत को उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख शर्माले सामुदायिक सिकाइ केन्द्रहरूले स्थानीय समुदायको शिक्षा, चेतना र सशक्तीकरणमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो। उहाँले यस्ता केन्द्रहरू मार्फत सीपमूलक तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै समुदायलाई आत्मनिर्भर बनाउने अभियानलाई नगरपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
साधारण सभामा केन्द्रको वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरी छलफल गरिएको थियो। साथै आगामी कार्ययोजनाबारे सहभागीहरूबाट सुझावहरू संकलन गरिएको थियो।
कार्यक्रममा केन्द्रका पदाधिकारी, सदस्यहरू तथा स्थानीय व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
गोरखनाथ सामुदायिक सिकाइ केन्द्रको तेस्रो वार्षिक साधारण सभा आज सम्पन्न











Leave a Reply