रेडियो सैनामैना

९१ मेगाहर्ज

Advertisement

लुम्बिनी सिटी कलेजको भव्य ओरिएन्टेसन कार्यक्रम मंसिर २६ र २७ मा सम्पन्न

मंसिर २६ र मंसिर २७, २०८२ मा लुम्बिनी सिटी कलेजले B.Sc.CSIT, BITM र BCA कार्यक्रमका २०८२ ब्याचका नयाँ विद्यार्थीहरूको लागि लुम्बिनी ग्रीन रिसोर्ट, चन्द्रौटा, कपिलवस्तुमा आयोजना गरिएको भव्य ओरिएन्टेसन कार्यक्रम अत्यन्तै आकर्षक र उत्साहपूर्ण वातावरणमा सम्पन्न गरियो।

कार्यक्रमका अध्यक्ष प्रा.डा. गणेशप्रसाद पाठकले कलेजको हालसम्मको शैक्षिक प्रगति, अन्तर्राष्ट्रिय–स्तरका उपलब्धिहरू, र कलेजले अघि बढाइरहेको भविष्य–योजनाबारे महत्वपूर्ण धारणा राख्दै, “लुम्बिनी सिटी कलेज अब उत्कृष्ट IT शिक्षा प्रदान गर्ने राष्ट्रिय स्तरको नमूना कलेजको रूपमा स्थापित हुँदैछ” भनी प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यसैगरी, सह–क्याम्पस प्रमुख नारायण प्रसाद भुसालले विद्यार्थीहरूको पाठ्यक्रमगत उपलब्धि, कक्षा गतिविधि र ECA मा गुणस्तर सुधारका लागि कलेजले निरन्तर काम गरिरहेको बताउनुभयो। उहाँले भन्नुभयो “विद्यार्थीहरूको क्षमता अभिवृद्धिका लागि कलेजले विभिन्न IT प्रशिक्षणहरू, वर्कशप, सेमिनार, टेक–कम्पिटिशन, Hackathon, Coding Challenges र Skill-based कार्यक्रमहरू नियमितरूपमा सञ्चालन गर्दै आएको छ। LCC एक ‘Best IT College’ बन्नुको मूल कारण यी गुणस्तरीय गतिविधिहरू नै हुन्।” उहाँले नियमित उपस्थिती, अनुशासन, कक्षा सहभागिता र व्यावसायिक तयारीलाई कलेजको प्राथमिकता भएको पनि स्पष्ट पार्नुभयो।

कार्यक्रमका प्रेरणादायी वक्ता मुक्ति गैरेले विद्यार्थीहरूले करिअरमा लक्ष्य निर्धारण कसरी गर्ने, आफ्नो क्षमताको पहिचान र IT क्षेत्रमा उपलब्ध विशाल अवसरहरूको प्रभावकारी उपयोग कसरी गर्ने भन्नेबारे अत्यन्त प्रेरणादायी सन्देश दिए। उनीहरूको वक्तव्यले विद्यार्थीहरूमा नयाँ उर्जा, आत्मविश्वास र लक्ष्यप्रतिको स्पष्ट दृष्टिकोण विकास गराएको छ।

भव्य वातावरणमा सम्पन्न कार्यक्रममा कलेजले २०८२ ब्याचका नयाँ विद्यार्थीहरूको उष्मपूर्ण स्वागत गर्दै, उनीहरूको सम्पूर्ण शैक्षिक यात्रामा आवश्यक सहयोग, वातावरण र मार्गदर्शन प्रदान गर्ने दृढ प्रतिज्ञा व्यक्त गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *