बुटवल ७ भाद्र
रोटरी क्लब अफ बुटवलको १५७८औ नियमित बैठक शनिवार सम्पन्न भएको छ । यस पटकको बैठकमा गेष्ट स्पिकरका रुपमा नेपालमै सफल डयाडीइज किचनका संचालक चालिस मुनिका उत्कृष्ट युवा उद्यमी कमलजंग कुँवरले सहभागीहरुलाई हरेक क्षेत्रमा सफलता हुनका लागि गर्नु पर्ने उपायका वारेमा प्रकाश पार्नु भएको थियो । युवा उद्यमी कुँवरले सफल उद्यमी तथा व्यवसायी बन्नका लागि लगनशिलता पहिलो कुरा रहेको भन्दै जुन कुरा आफूले गर्नेहो त्यसमा निरन्त्रर रुपमा लगनशिल भएर लाग्न जरुरी रहेको बताउनु भयो । लगनशिलता संगै नयांनयां प्रबिधीलाई आत्मसाथ गदै त्यसलाई व्यवहारमा कार्यान्वयन गदै जानु पर्ने अनि प्रचार प्रसारलाई पनि संगै अगाडी बढाउन सुझाव दिनु भयो ।
प्राकृतिक संम्पदाले भरी पूर्ण नेपालमा जस्तो प्रचुर संभावना विश्वमै कही नभएको दावि गदै कुंवरले त्यो संभावनालाई चिन्न, बुझन, र व्यवहारमा लागुगर्ने ततपरता देखाउन सुझाव दिनु भयो । कसैले आएर देश समाज घर गांउ वा पेशा व्यवसाय बनाईदिने होईन त्यसका लागि राज्यले वातावरण वनाई दिने र आफैले गरेर देखाउनु पर्नेमा कुंवरको आफनो अनुभवले सिकाएको खुलासा गर्नु भयो । अरुले गरेनन भनेर गाली गलौच गर्ने र केही छैन हुदैन भन्ने भाष्य सृजना पनि गर्न नहुने भन्दै राजनैतिक दलहरुले राजनीतीवाट पनि राम्रो भविष्य छ भन्ने कुरा युवा वर्गलाई दलहरुले सिकाउन र बुझाउन सकेमा वढदो बैदेशिक युवापलायन स्वतह नियन्त्रण हुने विश्वास व्यक्त गर्नु भयो ।देशैभरी विभिन्न २३ शाखा मार्फत व्यवसाय संचालन गरी करिव १हजार जनालाई प्रत्यक्ष रोजगारी दिनु भएका कुंवरले डयाडीइज फूड मोवाईल भ्यान, पपया,नो सुगर नो अल्कोहल जुस, कुकर कफी, डयाडीइज केक , डयाडीइज किचन , डयाडीइज क्यान्टीन , डयाडीइज एक्सप्रेस लगाउतका व्यवसायलाई सुंचालन गदै आउनु भएको छ ।
रोटरी क्लब अफ बुटवलले सामाजिक क्षेत्रमा संगै व्यक्तिको व्यत्तित्व विकास, नेतृत्व विकासलाई प्राथमिकता दिदै आएको अध्यक्ष कृष्ण पराजुलीले बताउनु भयो । त्यस्तै रोटरीयनहरुले गरेको पेशा व्यवसाय चिनाउने त्यसको व्यवसायीकतामा टेवा पुराउने, रोटरीका गतीविधीवारे रोटरीयन , रोट्रयाक र इन्ट्रयाकहरुलाई जानकारी गराउने उद्देश्यले हरेक महिनामा ४ पटक नियमित वैठक गर्ने गरेको बताउनु भयो । अध्यक्ष पराजुलीले कलेज वेस र कम्यूनिटी वेसमा काम गदै आएको भन्दै समुदायमा गएर समुदायको के आवश्यकता हो त्यही बुझेर सोही अनुसार परियोजना संचालन गर्नका लागि रोटरी लागि परेको बताउनु भयो । सहभागिहरुले राखेका तमाम जिज्ञासाको गेष्ट स्पिकर कुंवरले सहजिकरण गर्नु भएको क्लवका सचिव शिव कुमार ज्ञवालीले बताउनु भयो ।
सफल उद्यमी तथा व्यवसायी बन्नका लागि लगनशिलता र निरन्त्रता अपरिहार्य ः उत्कृष्ट युवा उद्यमी कमलजंग कुँवर











Leave a Reply