रेडियो सैनामैना

९१ मेगाहर्ज

Advertisement

उपसभामुख विरुद्ध महाअभियोग दर्ता बारे आएका कुराहरुमा सत्यता छैन स् कांग्रेस

नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले उपसभामुखविरुद्ध महाअभियोग दर्ताबारे आएका कुराहरुमा सत्यता नभएको बताएकाछन् ।

मंगलबार सांसद्हरुसँग भएको छलफलपश्चात उनले हस्ताक्षर संकलन गरिरहेको अवस्था भएपनि कुनै प्रयोजनको लागि भनेर तय नभएको भन्दै मिडियामा आएका कुराहरु सत्य नभएको बताए । उनले भने, ‘हस्ताक्षर संकलन गरिरहेको अवस्था हो । कुनै प्रयोजनको लागि भनेर नै कुनै विषय तय गरेका छैनौ । उपसभामुखको विषयमा हामी निष्कर्षमा पुगेका छैनौ । कुनै छलफल पनि भएको छैन । यो विषयमा जुन तरिकाले मिडियाहरुमा कुरा आएको छ त्यो सत्य होईन । उपसभामुखलाई हटाउने प्रस्ताव आजै दर्ता हुदैँन ।’
सोहीक्रममा नेपाली काङ्ग्रेसका सांसद रामहरि खतिवडाले भने महाअभियोग लाग्छ लाग्दैँन थाहा नभएको भन्दै सबै जनासँग छलफल भईरहेको बताए । उनले भने, ‘महाअभियोग दर्ताको कुरामा एक चौथाईले दर्ता हुन्छ बहुमतले निलम्बन हुन्छ । तर महाअभियोग प्रमाणित हुनको लागि दुई तिहाई चाहिन्छ । महाअभियोग लाग्छ लाग्दैन थाहा छैन त्यहीपनि सबै जनासँग छलफल भयो भने सम्भावना नभएको होईन । छलफल पनि भईरहेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *