सामाजिक क्षेत्रमा क्रियाशिल संस्था लायन्स क्लब अफ सैनामैना बोलबमको नव निर्वाचित समितिलाई पद हस्तान्त्रण कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ सैनामैना बोलबम वर्ष २०२४÷०२५ का अध्यक्ष केदार कार्कीले वर्ष २०२५÷०२६ का नव निर्वाचित अध्यक्ष सौगात भट्टराईलाई पद हस्तान्त्रण गर्नुभएको हो ।
लायन्स क्लब अफ इन्टरनेशनल डिष्ट्रिक ३२५ पि नेपाल २०२५÷०२६ का इलेक्ट डिष्ट्रिक्ट गर्भनर बलराम भट्टराईको प्रमुख आतिथ्यतामा क्लबले आइतबार एक भव्य समारोहकाबिच वर्ष २०२५÷०२६ का अध्यक्ष सौगात भट्टराईको अध्यक्षतामा निर्वाचित कार्यसमितिलाई पद हस्तान्त्रण गरिएको हो ।
जसमा निवर्तमान् अध्यक्ष केदर कार्की, प्रथम उपाध्यक्षमा लक्ष्मी श्रेष्ठ, संस्थापक अध्यक्ष हरि प्रसाद पोख्रेल, द्वितीय उपाध्यक्ष खम बहादुर खत्री, तृतीय उपाध्यक्ष माया जोशी, सचिव सुनिता अधिकारी, कोषाध्यक्ष बबिता खड्का, पूर्व अध्यक्षद्वय शुसिला शर्मा र राधा सिंजाली, सह–सचिव शोभा कार्की गैरे रहनुभएको छ । यस्तै सदस्यहरुमा जुनुमाया पुन, सिता सुवेदी, निर्मला पौडेल, जुनु दर्नाल, सरला अधिकारी, बबिता रेग्मी र जनसम्पर्क अधिकारी (पिआरओ) धुव्र बराल रहनुभएको छ । क्लबको सल्लाहकारमा चित्र बहादुर के.सी. तिलब के.सी र खम बहादुर खत्रीलाई मनोनित गरिएको छ ।
नव निर्वाचित अध्यक्ष सौगात भट्टराईले पदभार ग्रहण गर्दै सामाजिक कार्यहरुलाई निरन्तरता दिदै थप नयाँ योजनाका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले आफ्नो कार्यकालमा वार्षिक योजना अनुसार सामाजिक कार्यहरुलाई निरन्तरता दिदै सिप विकास, नेतृत्व तथा क्षमता विकास, बढ्दो मानसिक रोगको समस्यालाई सामाधान गर्न तनाव व्यस्थापन कार्यक्रम, युवा विद्यार्थीहरुलाई लागुऔषध दुव्र्यसानबाट बचाउन सचेतना कार्यक्रम र बढ्दो सडक दुर्घटनालाई न्यूनिकरण गर्न विद्यालयस्तरमा ट्रफिक सचेतना कार्यक्रम गरिने बताउनुभयो । साथै यस क्षेत्रका अन्तरक्बलसँग सहकार्य गरेर समाज विकासमा सँगसँगै अघि बढ्ने जानकारी गराउँदै संस्थालाई थप क्रियाशिल बनाएर राष्ट्रियस्तरको कार्यक्रममा सहभागी बनेर लायन्स क्लब बोलबमलाई उत्कृष्ट बनाउने योजना रहेको सुनाउनुभयो ।
नव निर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिदै लायन्स क्लब अफ इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पि नेपाल २०२५÷०२६ का इलेक्ट डिष्ट्रिक गर्भनर बलराम भट्टराईले सामाजिक रुपान्तरणमा लायन्स क्लबको भुमिका महत्वपूर्ण रहेको बताउनुभयो । नेतृत्व र व्यक्तित्व विकास एंव समाज सेवाका लागि लायन्स एक उत्कृष्ट संस्था हो उहाँले भन्नुभयो–अवसर र पहुँच नपुगेको ठाउँमा लायन्स पुगेर जहाँ आवश्यकता त्यहाँ सेवा गर्दैै आइरहेको छ । समाज सेवा गर्नकै लागि सामाजिक संस्थामा लाग्ने हो त्यसकारण समाजको हितका लागि लायनहरु क्रियाशिल भएर सेवामा जुट्न सुझाव दिनुभयो ।
लायन्स क्लब इन्टरनेशनल ३२५ पि नेपाल २०२५÷०२६ का इलेक्ट प्रथम उप–डिस्ट्रिक्ट गर्भनर मिना पन्थी रेग्मीले लायन्स क्लब अफ सैनामैनाले यस क्षेत्रमा रचनात्मक कार्य गर्दै आएको छ यसलाई निरन्तरता दिदै जानुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो पद मात्र पाउनु ठुलो कुरा हैन, दायित्व र जिम्मेवारीलाई पनि पुरा गर्न लाग्नुहोस् । लायन्सले अनुशासन, कुशल नेतृत्वकर्ता र सामाजिक अभियान्ता निर्माणमा महत्वपूर्ण भुमिका खेल्ने समेत बताउनुभयो ।
सैनामैना नगरपालिका वडा नंं. २ का अध्यक्ष अम्मर बहादुर कंडेल, वडा नं. ४ का अध्यक्ष रामप्रसाद अधिकारी र वडा १० का अध्यक्ष कृष्ण प्रसाद घिमिरेले बोल्दै सामाजिक अभियानमा अग्रसर लायन्स क्लबले समुदायमा सकारात्मक प्रभाव पारेको बताउनुभयो । सेवाको हात अगाडी बढाउँदै यस क्षेत्रमा सामाजिक क्लबले समाज परिवर्तनका लागि गरेका कार्यहरु प्रशंसा योग्य रहेको बताउँदै नगरपालिका र क्लब मिलेर सैनामैना नगरको विकासको पथमा लाग्नुपर्ने भनाई राख्नुभयो ।
संस्थालाई यहाँसम्म ल्याउन पूर्वअध्यक्षहरुको महत्वपूर्ण योगदान रहेको क्लबका सल्लाहकार चित्र बहादुर के.सीले बताउनुभयो । सेवामूलक संस्था लायन्सले समाजमा पिछाडिएको वर्गको उत्थान र परिवर्तनका लागि निस्वार्थभाव सामाजिक परिवर्तनका कार्य गर्दै आइरहेकाले क्लबले गरेका कामहरुबारे आमनागरिकलाई बुझाउनुपर्ने भनाई राख्नुभयो ।
लायन्स क्लब अफ सैनामैना बोलबम वर्ष २०२४÷०२५ का अध्यक्ष केदार कार्कीले वर्षभरि आफ्नो कार्यकालमा गरेका कार्यक्रमको कार्यप्रगति विवरण पेश गर्दै सामाजिक कार्यहरुलाई निरन्तरता दिएको बताउनुभयो । वातावरण बचाउका लागि वृक्षारोपण र बिरुवा रेखदेख कार्यक्रम, विपन्न विधार्थीलाई शैक्षिक सामाग्री वितरण, सुस्त मनस्थिति विधालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र स्वच्छ पानी पिउने फिल्टर, अटिजम रोगसम्बन्धि सचेतना कार्यक्रम, आँखा परिक्षण र उपचार, मधुमेह (सुगर) परिक्षण कार्यक्रम, विपन्न परिवारलाई नगद तथा खाद्यान्न हस्तान्त्रण, विपन्न विद्यार्थीहरुलाई न्यानो कपडा वितरण, सरसफाइ कार्यक्रम, गौशालामा रहेका गाईबस्तुका लागि आवश्यक घाँस, पराल र दाना, वन्यजन्तु संरक्षण गर्न बादरका लागि खानेकुरा र आन्तरिक पर्यटन प्रबद्र्धनका कार्यक्रम गरिएको जानकारी गराउनुभयो ।
कार्यक्रममा वर्षभरि विभिन्न कोडिनेटर भएर कार्यसम्पादन गर्ने संयोजक तथा सदस्यहरुलाई मायाको चिनोद्वारा सम्मान गरिएको थियो भने भव्य कार्यक्रमको संचालन लक्ष्मी श्रेष्ठ र सनिता अधिकारले गर्नुभएको थियो ।











Leave a Reply