रुपन्देही – सैनामैनामा अवस्थित श्री जनचेतना माध्यमिक विद्यालय सामुदायिकतर्फका विद्यालयहरूमध्ये उदाहरणीय सफलता हात पार्न सफल भएको छ। विद्यालयका कक्षा १० का सम्पूर्ण विद्यार्थीहरू यस वर्षको परीक्षामा शतप्रतिशत ९१००५० उत्तीर्ण भएका छन्।
विद्यालय प्रशासनका अनुसार यो उपलब्धि विद्यार्थीहरूको निरन्तर मेहनत, शिक्षकहरूको निष्ठा र अभिभावकहरूको सहयोगको परिणाम हो। विद्यालयका प्रधानाध्यापकले यो ऐतिहासिक नतिजाको लागि सम्पूर्ण विद्यालय परिवारलाई बधाई व्यक्त गर्दै आगामी दिनहरूमा पनि यस्तो उदाहरणीय सफलता कायम राख्ने दृढता व्यक्त गरे।
सफलतापूर्वक उत्तीर्ण भएका विद्यार्थीहरूको सम्मानमा विद्यालयले विशेष कार्यक्रमको आयोजना गर्ने जनाएको छ। यस अवसरमा शिक्षक, विद्यार्थी र अभिभावकहरूले खुसी साटासाट गर्दै विद्यालयको शैक्षिक स्तरलाई अझ उचाइमा पुर्याउने संकल्प व्यक्त गरेका छन्।
श्री जनचेतना मावि रुपन्देहीको सामुदायिक विद्यालयमध्ये उत्कृष्ट नतिजा ल्याउने विद्यालयको रूपमा थप परिचित भएको छ। विद्यालयले भविष्यमा पनि गुणस्तरीय शिक्षामार्फत उदाहरणीय योगदान पुर्याउने विश्वास गरिएको छ।









Leave a Reply