रेडियो सैनामैना

९१ मेगाहर्ज

Advertisement

ग्वार्को ओभरपासको कामले गति लियो, जेठमै काम सक्ने दाबी

सुरु सम्झौताअनुसार ओभरपास निर्माण तोकिएको म्याद सकिएर पनि एक वर्ष म्याद थप हुँदा काम गर्दा पनि काम पूरा नभएकाले सडक विभागले निर्माण कम्पनीलाई गत पुसबाट जरिवाना तिराएर काम गराइरहेको छ ।
निर्माण कम्पनीले जेठभित्रै दुवैतर्फको ¥याम्प अर्थात फ्लाइओभर र सडकलाई जोड्न बिचमा माटो भरेर निर्माण गरिएको संरचनामा कालोपत्रे सकिने र लगत्तै गाडी गुडाउने तयारी गरेको छ ।

ठेकेदार कम्पनी आरसी, समानान्तर र रिलिग्रे जेभीले फ्लाइओभरको कोटेश्वरतर्फको ¥याम्पमा बिहीबारदेखि प्राइम कोट बिछ्याउन सुरु गरेको छ ।सातदोबाटोतर्फको¥याम्पमा भने ग्राभेल गरेर ‘बेस कोर्स’ बनाउने काम भइरहेको छ ओभर पास सम्पन्न गर्न १७ करोड ६लाख ८८ हजारमा ठेक्का लागेको हो।

सम्झौताअनुसार तोकिएको म्याद २०८० फागुन १२ मा सकिएको थियो । त्यसपछि म्याद थप गरेर २०८१ पुस ८ सम्म कायम गरिएको थियो । दुई वर्षमा निर्माण पूरा गर्ने गरी कम्पनीसँग २०७८ फागुन १२ मा सम्झौता भएको थियो ।
ओभरपास बनेपछि कलंकी–कोटेश्वर सडक खण्डमा चल्ने सवारीसाधन ओभरपासबाट र ग्वार्को–लामाटार र ग्वार्को–पाटनतर्फ चल्ने सवारीसाधन ओभरपासको सडक खण्डबाट गुड्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *