रेडियो सैनामैना

९१ मेगाहर्ज

Advertisement
   सैनामैना उद्योग वाणिज्य संघ सैनामैना रुपन्देहीको आयोजनामा सल्लाहकार र  मनोनित सदस्यहरुलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न 

अनिल पहाडी
११ असार रेडियो सैनामैना ।
सैनामैना उद्योग वाणिज्य संघ सैनामैना रुपन्देहीको आयोजनामा सल्लाहकार र मनोनित सदस्यहरुलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।
सैनामैना उद्योग वाणिज्य संघ सैनामैना रुपन्देहीको प्रमुख संरक्षक एंव सैनामैना नगरपालिकाको नगरप्रमुख फणिन्द्र प्रसाद शर्माको प्रमुख आतिथ्यतामा बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको हो ।प्रमुख अतिथि शर्माले उद्योग वाणिज्य संघ र सैनामैना व्यापार संघले उद्योगी व्यापारीहरुको हक हित र सामाजिक उत्तरदायित्व बहन गरिरहेको स्मरण गर्दै थप सफलताको शुभकामना दिनु भएको थियो । उहाँले स्थानीय मेला महोत्सव संचालन गर्दा स्थानीय कला संस्कृति ,भेषभुषालाई प्रवर्द्धन गर्ने गरि आगामी दिनहरुमा मेला महोत्सव सन्चालन गर्न आग्रह गर्नुभएको थियो साथै ठेक्का प्रणाली पुर्ण रुपमा बन्द गरिने जानकारी समेत गराउनु भएको छ । घुमौं सैनामैना रमौं सैनामैना निति अनुसार पर्यटन प्रवर्द्धन गर्न समेत उद्योगी व्यापारीले सहयोग गरि अघि बढन अनुरोध गर्नु भएको थियो ।
विशिष्ट अतिथि आर्थिक सल्लाहकार बिष्णु प्रसाद पोख्रेल , गोबिन्द प्रसाद लम्साल , चित्र बहादुर के। सी ।लगायतले आर्थिक मन्दिको अवस्थामा उद्योग ब्यवसाय अनुशासित भएर संचालन गर्न शुभकामना दिनु भएको थियो
सैनामैना उद्योग वाणिज्य संघ सैनामैना रुपन्देहीको आर्थिक सल्लाहकारमा गोबिन्द प्रसाद लम्साल ,बिष्णु प्रसाद पोख्रेल ,
चित्र बहादुर के।सी।, रणबहादुर खनाल ,राज बहादुर क्षेत्री ,
लाल बहादुर क्षेत्री ,लाल प्रसाद पंगेनी ,मान बहादुर महत ,सुर्य बहादुर थापा ,चेत नारायण न्यौपाने ,देवराज पौडेल ,हरि पोख्रेल ,मित्र बहादुर एसी ,साबित्रा शर्मा ,राजेन्द्र रेग्मी , सिता अर्याल ,एकदेब दंगासे ,देबि कँडेल ,हिमाल गैरे ,श्री प्रसाद आले ,बिष्णु सर्तुङे ,बिमल ज्ञावाली ,मनोनित हुनु भएको छ।कानुनी सल्लाहकार मा अधिवक्ता ओम प्रकाश पौडेल मनोनित हुनुभएको छ । प्रेस सल्लाहकार मा अनिल पहाडी मनोनित हुनु भएको छ ।
सदस्यहरुमा मुक्त बहादुर थापा,चन्दा भण्डारी ,कृष्ण प्रसाद कंडेल ,तिलव केसी ,निरज खनाल,तेज प्रसाद शर्मा ,दिनेश कुमार घिमिरे ,हरि प्रसाद पौडेल,प्रकाश चन्द्र न्यौपाने ,गिता कंडेल,भगवानदिन पटवा,रुपा पान्डे पोख्रेल मनोनित हुनु भएको छ । मनोनित सद्स्य हरु लाई सपथ ग्रहण गराईएको थियो ।
कार्यक्रम मा सैनामैना ब्यापार संघ को अध्यक्ष सुरेन्द्र पौडेल , सैनामैना उद्योग बाणिज्य संघ सैनामैना को निवर्तमान अध्यक्ष प्रेम बहादुर खडका ,पुर्व अध्यक्ष राज बहादुर क्षेत्री ,सैनामैना वडा नं। ४ का वडा अध्यक्ष राम प्रसाद अधिकारी सैनामैना जेसिज का अध्यक्ष गोबिन्द खरेल लगायत ले शुभकामना व्यक्त गर्नु भएको थियो ।
सैनामैना उद्योग वाणिज्य संघ सैनामैना रुपन्देहीका अध्यक्ष कृष्ण प्रसाद पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत बरिष्ठ उपाध्यक्ष लोकनाथ अधिकारीले गर्नुभएको थियो भने सन्चालन महासचिब दिनेश पौडेलले गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *