सैनामैना नगरपालिका–१ स्थित सैनामैना नमुना माध्यमिक विद्यालयले अन्तर्राष्ट्रिय स्तरको ISO प्रमाणपत्र(ISO 9001:2015) प्राप्त गरेको छ। आज विद्यालय परिसरमा आयोजित एक विशेष कार्यक्रमबीच ISO International Nepal प्रतिनिधि सुदीप शर्मा र ISO लुम्बिनी प्रदेश प्रतिनिधि टिकराम शर्मा ले विद्यालयका अध्यक्ष, प्रधानाध्यापक तथा विद्यालयका ISO प्रतिनिधिलाई संयुक्त रूपमा प्रमाणपत्र प्रदान गर्नुभयो।
कार्यक्रमको प्रमुख आतिथ्य विद्यालय व्यवस्थापन समिति अध्यक्ष शिवलाल बश्याल र सैनामैना नगरप्रमुख फडिन्द्र शर्मा रहनुभएको थियो। विद्यालयका क्ष्क्इ प्रत्यिनिधि नारायण गौतम ले स्वागत मन्तव्य मार्फत सम्पूर्ण आमन्त्रित अतिथिहरूलाई स्वागत गर्नुभयो।
कार्यक्रममा बोल्दै क्ष्क्इ प्रतिनिधि सुदीप शर्मा ले विद्यालयले क्ष्क्इ का ४५ वटै मापदण्डहरू पूर्ण रुपमा पालना गरी यो प्रमाणपत्र प्राप्त गरेको जानकारी दिनुभयो। उहाँले विद्यालयले अझ धेरै सुधारका सम्भावना बोकेको भन्दै आगामी दिनहरूमा अझ सुदृढ शिक्षण व्यवस्थापनमार्फत अगाडि बढ्न सुझाव दिनुभयो।
ISO (International Organization for Standardization) को मान्यता प्राप्त गर्नुले विद्यालयको शैक्षिक गुणस्तर, व्यवस्थापन प्रणाली र सेवा सुधारमा उल्लेखनीय योगदान पुग्ने कुरा उहाँले स्पष्ट पार्नुभयो। यसले विद्यालयलाई अन्तर्राष्ट्रिय स्तरमा विश्वसनीय संस्था बनाउनुका साथै विद्यार्थी, अभिभावक तथा समुदायमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
विद्यालयका प्रधानाध्यापक नेत्रलाल पुरी ले पछिल्ला केही वर्षहरूमा विद्यालय व्यवस्थापनमा केही कमजोरीहरू रहे पनि हाल क्ष्क्इ प्रमाणपत्र प्राप्तिपछि समग्र प्रणालीमा पारदर्शिता, नियमितता र गुणस्तरमा उल्लेखनीय सुधार आएको जानकारी दिनुभयो। उहाँले अब विद्यालय अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप सञ्चालनमा आएको र यसले विद्यार्थी, अभिभावक र समुदायमा नयाँ विश्वासको वातावरण निर्माण गरेको बताउनुभयो।
उहाँले आगामी दिनहरूमा विद्यालयले क्ष्क्इ को मार्गनिर्देशनअनुसार प्रविधिमैत्री शिक्षण, निरन्तर सुधार र परिणाममुखी कार्यशैलीलाई प्राथमिकता दिँदै अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो। साथै, यस ऐतिहासिक उपलब्धिमा विद्यालय व्यवस्थापन समिति, अभिभावक संघ, शिक्षक–कर्मचारी, विद्यार्थी तथा सरोकारवाला सबैको समर्पण, लगन र सहकार्यको उच्च मूल्याङ्कन गर्दै धन्यवाद व्यक्त गर्नुभयो।
कार्यक्रममा सैनामैना नगरप्रमुख फडिन्द्र शर्मा ले सामुदायिक विद्यालयहरूको नेतृत्व गर्दै आइरहेको नाताले बोल्दै उहाँले स्रोतसाधनको अभाव, जनशक्ति व्यवस्थापनको चुनौती, शिक्षण गुणस्तरमा असन्तुलन र विद्यार्थी पलायनजस्ता समस्याहरूबीच पनि हाम्रो विद्यालयले संस्थागत विद्यालयहरूसँग प्रतिस्पर्धा गर्न सक्ने आधार तयार गरेको बताउनुभयो। ।
उहाँले विद्यालयले क्ष्क्इ प्रमाणपत्र प्राप्त गर्नु स्वयं गुणस्तरीय शिक्षाको प्रमाण भएको उल्लेख गर्दै शिक्षण सिकाइमा गुणस्तर, व्यवस्थापनमा पारदर्शिता, र परिणाममुखी कार्यशैलीलाई अघि बढाएकोमा प्रसंसा गर्नुभयो। पछिल्लो समय देखिएको विद्यार्थी पलायनको प्रवृत्ति चिन्ताजनक रहेको भन्दै यसलाई नियन्त्रण गर्न गुणस्तरीय शिक्षा, व्यवहारमैत्री वातावरण, र अतिरिक्त शैक्षिक क्रियाकलापहरू मार्फत विद्यार्थीलाई विद्यालयमै आकर्षित गर्ने अभियानमा नगरपालिका पूर्ण रूपमा प्रतिवद्ध रहेको बताउनुभयो।
उहाँले विद्यालयको समग्र सुधार, विद्यार्थी संख्या वृद्धि, र आधुनिक शिक्षण प्रविधिको प्रयोगमा नगरपालिकाको निरन्तर साथ, सहकार्य र सहयोग रहने विश्वाससमेत व्यक्त गर्नुभयो।
कार्यक्रमको अवसरमा SEE परीक्षामा 4.GPA भन्दा बढी ल्याउने विद्यार्थीहरू र उत्कृष्ट नतिजा हासिल गराउनमा अहोरात्र खटिएका शिक्षकहरूलाई नगदसहित सम्मान गरिएको थियो।
कार्यक्रमको संचालन विद्यालयका शिक्षक हरिराम पौडेल ले गर्नुभएको थियो।












Leave a Reply