रेडियो सैनामैना

९१ मेगाहर्ज

Advertisement

सैनामैना उद्योग वाणिज्य संघ द्वारा भण्डारा र सरसफाई कार्यक्रम सम्पन्न ।

  १९ श्रावण रेडियो सैनामैना। नेपालको एकमात्र स्वयं उत्पत्तिमान शिव ज्योर्तिलिङ्ग मानिने रुपन्देहीको सैनामैना १ स्थित पर्रोहा परमेश्वर शिव ज्योर्तिलिङ्ग बोलबम धाममा सैनामैना उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा आज भण्डारा तथा सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ । संस्थाको वार्षिक कार्यक्रम अन्तर्गत सोमबार को दिन श्रद्धालु भक्तजन हरुको लागि भण्डारा आयोजना गरिएको सैनामैना उद्योग वाणिज्य संघ सैनामैना को अध्यक्ष कृष्ण प्रसाद पोखरेलले जानकारी गराउनु भएको छ। भन्डाराको लागि संस्थाको तर्फ बाट अक्षरुपि एकतीस हजार रुपैयाँ बराबर को सहयोग गरिएको
वरिष्ठ उपाध्यक्ष लोकनाथ अधिकारीले जानकारी
गराउनु भएको हो ।
यस वर्ष उल्लेखनीय रुपमा दर्शनार्थीको घुइँचो लागेको छ।यहाँ हरेक वर्ष श्रावणी मेलामा जलार्पणका लागि दर्शनार्थीको ठूलो भीड लाग्ने गर्छ। विशेष गरी साउन महिनाभरी पहेँलो बस्त्रधारी दर्शनार्थी यहाँ आउने गर्दछन्। हरेक वर्षको गुरूपूर्णिमादेखि जनैपूर्णिमासम्म जलार्पण गर्ने परम्परा रहिआएको छ। यहाँ जलार्पण गरे पाप नष्ट हुने, परिवारका सदस्यको दीर्घायु हुने र सुख शान्ति मिल्ने धार्मिक विश्वास छ।
पर्रोहा परमेश्वर बोलबम धाम समितका अध्यक्ष चित्रबहादुर कार्कीले यस वर्षको श्रावणी मेलाले बोलबम धाम एवं भगवान शिवको महत्वलाई जनस्तरसम्म पुर्याउन सकेको जानकारी दिदैं बोलबमधाममा पहिलोपटक नन्दीको प्राणप्रतिष्ठा भएकोमा ऐतिहासिक पक्ष रहेको जानकारी दिनुभएको छ ।
यस्तै धामका प्रमुख संरक्षक आचार्य किशोरकुमार गौतमले साउन महिनामा ज्योर्तिलिङ्गमा गङ्गाजल र बेलपत्र जस्ता सामग्रीले पूजा गरेमा भगवान् शिव खुसी भई मनोकांक्षा पूरा गरिदिने जनविश्वास रहेको बताउनुभयो ।
पर्रोहा बोलबमधामा यस वर्ष लाखौं भक्तजनले दर्शन गरिसकेको र भक्तजनको आउने क्रममा अझै जारी रहेको धामका महासचिव गोपाल आचार्यको भनाई रहेको छ। ज्योर्तिलिङ्गमा जल अर्पण गर्न कपिलवस्तुको लक्ष्मणघाट, गुल्मीको कालिगण्डकी, चितवनको देवघाट र नवलपरासीको त्रिवेणीघाटबाट गङ्गाजल ल्याउने चलन छ। यस्तै यसैगरी साउन २१ गते गुल्मीको प्रशिद्ध तीर्थस्थल रुरु क्षेत्रमा पुगेर कालीगण्डकीको जल ल्याएर जलार्पण गर्ने कार्यक्रम रहेको धामले जनाएको छ ।
असार २६ गते गुरुपूर्णिमा देखि सुरु भएको यस वर्षको बोलबम श्रावणी मेला विभिन्न धार्मिक कार्यक्रमहरू सहित साउन २४ गते जनैपूर्णिमासम्म सञ्चालन हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *