रेडियो सैनामैना

९१ मेगाहर्ज

Advertisement

सैनामैनामा अर्गानिक वल्ड ग्रुप को शाखा मन्जरी अर्गानिक सप्लिमेन्ट प्रा. लि. को शुभारम्भ

सैनामैना नगरपालिका वडा नं ४ मा अर्गानिक वल्ड ग्रुप को शाखा मन्जरी अर्गानिक सप्लिमेन्ट प्रा. लि. को शुभारम्भ  गरिएको छ । अर्गानिक वल्ड ग्रुप को राष्ट्रिय प्रशिक्षक ईश्वर बिसि , रेडियो सैनामैना ९१ मेगाहर्ज का स्टेशन  म्यानेजर अनिल पहाडी ,र  रेडियो मलमला को स्टेशन म्यानेजर रितु बौडेल  द्वारा संयुक्त रुपमा रिवन काटेर  शाखा को उदघाटन गरिएको हो ।  अर्गानिक वल्ड ग्रुप बिशुद्व नेपाली कम्पनी  भएको जसले स्वास्थ समृद्धि र खुसि बनाउने उद्देश्य  राखि स्थापना गरिएको संस्था हो । रोग लाग्नु भन्दा पहिले नै रोग लाग्न नदिन रोग प्रतिरोधात्मक क्षमता वृद्धि गराउन फुड सप्लिमेन्ट ले महत्वपुर्ण भुमिका खेल्ने  प्रमुख अतिथि एंव राष्ट्रिय प्रशिक्षक ईश्वर बिसि ले बताउनु भएको छ । अहिले को ब्यस्त जिवन शैलिमा  स्वास्थ लाई बचाउन सके समृद्धि हासिल गर्न सकिने भनाई राख्नु भएको थियो । एक वडा एक डिलर को अवधारणा संगै सैनामैना को वडा नं ४ मा डिलर खोलिएको हो ।मिसन २०३२ मा निशुल्क परामर्श वल्ड ग्रुप अर्गानिक को उदेश्य रहेको छ । मुर्गिया शाखा मा दिर्घ रोगि हरु को  हेरचाह , चेकजाच र निशुल्क परामर्श समेत गरिने मन्जरी अर्गानिक सप्लिमेन्ट प्रा . लि . का प्रबन्धक सुरज थापा ले जानकारी गराउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *