
सामुदायिक रेडियो सैनामैना ९१ मेगाहर्ज द्वारा सैनामैना ८ रामापुरमा रहेको बौद्धिक अपांगता सेवा केन्द्रमा शैक्षिक सामाग्री साथै खेलकुदका सामग्री र खाना बनाउने सामान सहयोग हस्तान्तरण गरिएको छ । रेडियो सैनामैना ९१ मेगाहर्जको अध्यक्ष कमला न्यौपानेको अध्यक्षता भएको सहयोग हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि रेडियो सैनामैना ९१ मेगाहर्जका संस्थापक अध्यक्ष एवं सल्लाहकार लाल प्रसाद पंगेनीको रहेको थियो ।उहाँले मानविय सामाजिक सेवा भाव र सहयोगी भावना सहित रेडियोले सहयोगको शुरुवात गरेको बताउदै आगामी दिनमा पनि यो निरन्तर रहने भनाई राख्नु भएको थियो । सैनामैना नगरपालिका तथा
बाल बिकास केन्द्रसंग कम्तिमा १ वटा सम्म दरबन्दि को लागि पनि पहल गरिरहेको जानकारी गराउनु भएको थियो।
सहयोग हस्तान्तरण कार्यक्रम मा बौद्धिक अपांगता सेवा केन्द्रकि प्रध्यानध्यापक सुशिला पन्थले
बौद्धिक अपाङ्गता सेवा केन्द्रमा हाल २५ जना बिद्यार्थी भाईबहिनि रहेको जानकारी गराउँदै शारीरिक रुपमा असक्त नदेखिएता पनि बौद्धिक रुपमा असक्त बौद्धिक अपाङ्गता भएका ब्यक्तिहरु अझै जटिलताको अवस्थामा रहनु परेको भनाई राख्नु भएको थियो ।
कार्यक्रम मा रेडियो सैनामैना ९१ मेगाहर्ज का कोषाध्यक्ष टेक बहादुर रेश्मि , कार्यसमिति सद्स्य युवराज कार्की , निर्मला गौतम , वरिष्ठ पत्रकार डि।आर। पन्थी , स्टेशन म्यानेजर अनिल पहाडी लगायत को उपस्थिति रहेको थियो । रेडियो सैनामैना ९१ मेगाहर्ज को उपाध्यक्ष रुमाखर गौतमले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रम को संचालन सचिब शुशिला शर्मा ले गर्नु भएको थियो।








Leave a Reply