बङ्गलादेशका स्टार अलराउन्डर शाकिब अल हसनले टी–२० क्रिकेटमा विश्व कीर्तिमान बनाएका छन् ।
शाकिबले टी–२० मा ५ सय विकेटसँगै ७ हजारभन्दा धेरै रन बनाउने कीर्तिमान बनाएका हुन् । उनी टी–२० मा ५ सयभन्दा धेरै विकेट र ७ हजारभन्दा धेरै रन बनाउने विश्वको पहिलो खेलाडी बनेका हुन् ।
वेस्ट इन्डिजको क्यारेबियन प्रिमियर लिग ९सीपीएल० सेन्ट किट्स एन्ड नेभिस पेट्रियट्ससँगको खेलमा एन्टिगुआ एन्ड बार्बुडा फाल्कोन्सका खेलाडी ३८ वर्षीय शाकिब अल हसनले यो कीर्तिमान बनाएका हुन् ।
शाकिबभन्दा पहिले ४ जना खेलाडीले टी–२० मा ५ सय विकेट लिएका थिए तर कसैले पनि ७ हजार रन बनाएका थिएनन् ।
यस्तै शाकिब टी–२० क्रिकेटमा ५ सय वा त्योभन्दा धेरै विकेट लिने बलरहरूको विशेष क्लबमा सामेल भएका छन् । यसमा ६ सय ६० विकेटसहित अफगानिस्तानका राशिद खान, ६ सय ३१ विकेटसहित वेस्ट इन्डिजका ड्वेन ब्राभो, ५ सय ९० विकेटसहित वेस्ट इन्डिजकै सुनिल नरायन र ५ सय ५४ विकेटसहित दक्षिण अफ्रिकाका इमरान ताहिर समावेश छन् ।





Leave a Reply