नेपाल प्रहरीले काठमाडौंको टोखामा गोली हानेर जना जना लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले ग्राण्डी अस्पताल नजिकैबाट उनीहरूलाई नियन्त्रणमा लिएको ब्यूरोका प्रमुख, एसएसपी कृष्ण कोइरालाले जानकारी दिए । उनीहरूका साथबाट लागूऔष खैरो हेरोइन करिब २०० ग्राम बरामद भएको एसएसपी कोइरालाले बताए ।
लागूऔषध कारोबारको सूचना पाएपछि ब्यूरोका इन्स्पेक्टर राकेश यादव र वरिष्ठ सई बालकृष्ण सञ्जेलसहितको टोली टोखा पुगेको थियो । लागूऔषध कारोबाहरीले शुरूमा प्रहरीलाई गोली चलाइएको बुझिएको छ । प्रहरीतर्फ पनि दुई जना सामान्य घाइते भएका छन् । घाइते हुने प्रहरीमा रवीन्द्र केसी र नवराज घिसिङ रहेका छन् । अहिले घटनास्थलमा थप प्रहरी परिचालन भएका छन् ।
प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिहरु भारतीय नागरिक रहेको बताइएको छ ।
काठमाडौंको टोखामा गोली चल्यो, चार जना लागुऔषध कारोबारी पक्राउ








Leave a Reply