सैनामैना नगरपालिका द्वारा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी र बिद्यालयलाई भब्य समारोह बीच सम्मान गरेको छ।केही दिन अघि प्रकाशित नतिजा अनुसार सैनामैनाका १० विद्यार्थीले ४ जिपिए प्राप्त गरेका थिए।सत प्रतिशत पास गराउन सफल विद्यालय लाई समेत सम्मान गरिएको छ।सम्मानित विद्यार्थीलाई खादा प्रमाणपत्र र नगद राशि सहित सम्मान गरिएको हो।
कार्यक्रममा बधाई ज्ञापन गर्नुहुँदै नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले सामुदायिक विद्यालय र संस्थागत बिद्यालय दुबै तर्फ बाट उत्कृष्ट अंक ल्याउन सकेकोले सैनामैनाको शिर उचो भएको र सैनामैना शिक्षा को क्षेत्रमा एउटा हब को रुपमा बिकास गर्न टेवा पुगेको छ भनाई राख्नु भएको थियो ।
सैनामैनाको शिक्षा सुधारको लागि अभिभावक शिक्षक विद्यार्थी बिद्यालय वार्ड र नगरपालिका को समेत महत्त्वपूर्ण भुमिका रहेको स्मरण गर्दै विद्यार्थी अभिभावक शिक्षक हेड सर बिध्यालय ब्यवस्थापन समिति अध्यक्ष लाई समेत खादा सहित सम्मान गरिएको थियो।सम्मान कार्यक्रम मा उपप्रमुख बिना राना ले स्वागत गर्नुभएको थियो। भने प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञावाली ले बिद्यार्थी हरु लाई शुभकामना दिनुभएको थियो।
एसइई) परिक्षा मा उत्कृष्ट अङ्क ल्याउन सफल विद्यार्थी र बिद्यालयलाई सैनामैना नगरपालिकाबाट सम्मान।






Leave a Reply