सिता दर्नालः
बुटवल उपमहानगर पालिका एउटा आफैमा सेवा सुविधाले पूर्ण भएको पालिका हो ,पाल्पा गुल्मी स्याङ्जा अर्घाखाँची कपिलवस्तु लगायतका छिमेकी जिल्ला तथा पहाडी क्षेत्र बाट हरेक प्रकारका मानिसहरु शहरी क्षेत्र भएकै कारण आफ्ना विभिन्न प्रकार का सेवा सुविधा हरुलाई पूरा गर्न यहाँ बसाइँसराइ गरि आउने गर्छन ।
रोजगार, शिक्षा,सञ्चार , खेलकुद रोजगार र सुविधा भएकै कारण अन्य क्षेत्रमा भन्दा मानिसहरु यस क्षेत्रमा बढी सङ्ख्या मा मानिस हरु बसोबास गर्छन् ।
भने यसमध्ये ११०५ अपाङ्गता भएका व्यक्ति हरु पनि यसै बुटवल नगरीमा आफ्नो दैनिकी जीवन गुजारा गर्दै आइ रहेका छन । स्थापना काल देखि नै अपाङ्गता भएका व्यक्ति हरुको लागि रोजगार मूलक र सीपमूलक तालिम दिदै जीविकोपार्जन कार्यक्रम, अपाङ्गता अभिभावक सचेतनामूलक कार्यक्रम , अपाङ्गता भएका महिला हरुका लागि स्वरोजगार तालिम , छात्राछात्र हरुका लागि हिंसा न्यूनी कार्यक्रम कार्यक्रम बुटवल उपमहानगर ले अघि सारेको विषय हुन । र यस्तै भन्ने हो भन्ने नेपालमा संघियता आइ सकेपछि अपाङ्गता भएका व्यक्ति हरुको विषयलाई बुटवल उपमहानगरले विशेष गरि मुद्दा कै रुपमा लिएको छ । जस्तै अपाङ्गता परिचय पत्र सहज रुपमा वितरण कार्यक्रम मध्ये हिडडुल गर्न नसक्ने हरुका लागि सहज रुपमा घरमा नै गएर अपाङ्गता परिचय पत्र वितरण गरेको अवस्था पनि छ। हिडडुल गर्न सक्नेले उपमहानगर मा नै गै परिचयपत्र प्राप्त गरेका छन । बहु अपाङ्गता र अति अशक्त अपाङ्गता व्यक्ति हरुका लागि घरदैलो कार्यक्रम मार्फत घरमै गएर अपाङ्गता परिचय पत्र गरेको छ ।बुटवल उपमहानगरले
अपाङ्गता परिचयपत्र वितरण कार्यक्रम का कार्यसमिति सदस्य साबित्रा घिमिरे भन्नू हुन्छ सुवातका दिनमा त महिनाको चार ४ दिन सम्म पनि अपाङ्गता परिचयपत्र वितरण गरेको अनुभव छ। हालको समय मा भने मासिक रुपमा मात्र अपाङ्गता परिचयपत्र वितरण गर्ने गरेको बताउनु भयो ।
अपाङ्गता भएका व्यक्ति हरुले स्थापना गरेका सघं सस्थाहरु नेत्रहीन संघ रुपन्देही , अपाङ्गता महिला संघ रुपन्देही , सुस्तमनस्थिती बालविद्धया मन्दिर बुटवल, दृष्टिविहीन क्रिकेट क्लव लुम्बिनी, जस्ता सस्थाहरुको क्षमता अभिवृद्धिको कार्यक्रम का लागि बजेट विनियोजन गरेको अवस्था छ । अपाङ्गताको प्रकृति हेरेर सिपमुलक तालिम का लागि बजेट छुट्याइएको र पहिलो प्रथामिकता मा अपाङ्गता भएका व्यक्ति छन । उपमहानगरले अपाङ्गता व्यक्ति हरुको आवश्यकता अनुसार को सहायक सामाग्री सेतो छडी , बैशाखी क्याली फर जुत्ता , क्याटलक, ईलेक्ट्रिक बेड, अपाङ्गता भित्र को गम्भीरता र दीर्घ रोगी का लागि औषधी पोषण आहार आदि उपलब्ध गराउने गरेको बताउनु भयो ।
उपमहानगरले कोषबाट आवश्यकता अनुसार सहयोग गरेको पनि गरिएको छ । अति अशक्त र बहु अपाङ्गता भएका व्यक्तिहरुका लागि घरदैलो कार्यक्रम अन्तरगत स्वास्थ्य परिक्षण अघिल्लो कार्यकालदेखि सुचारू भएको कार्य वर्तमान समय सम्म पनि निरन्तरता नगरले दिएको देखिन्छ ।
पूर्ण अशक्त अपाङ्गता भएका व्यक्ति हरुलाई मात्र प्रथामिकता नराखी सम्पूर्ण अपाङ्गता भएका व्यक्तिहरुको क्षमता अभिवृद्धि का लागि घरमा गई सोधपुछ कार्य गरि क्रियाकलाप गरेको छ।
बालबालिकाहरुका लागि सहज शिक्षा मा पहुँच पुगोस भनेर श्री शान्ति नमुना माध्यमिक विद्यालयमा श्रवणदृष्टिहिन अपाङ्गता भएका बालबालिका शैक्षिक अवस्थामा वृद्धि विकास का गर्न स्रोत कक्षा सञ्चालन गरेको छ ।यतायातको सुविधा पनि उपलब्ध गराउने हालै बसेको बैठकले सम्बोधन गरेको छ ।बौद्धिक अपाङ्गता भएका विद्यार्थी हरु का लागि क्षमता विकासमा स्रोत शिक्षक, आय , स्वास्थ्य कार्यक्रम अघि सारेको छ पूर्ण अपाङ्गता भए का व्यक्ति शिक्षा को मूलधारमा आउन भन्ने विषयलाई जोड दिएको देखिन्छ ।कुनै प्रकृतिका बालबालिका शिक्षा बाट बन्चित नरहुन भन्नका लागि नगर स्तरीय लेखा शाखा अन्तरगत विशेष छात्रवृत्ति कार्यक्रम अघि सारेको छ ।उपमहानगर कोभवन आवतजावत गर्न का लागि अपाङ्गता मैत्रीपूर्ण छ । भवनभित्रका संरचना पहुच युक्त छ ।नगरले यसरी सकारात्मक कार्य गर्दा गर्दै पनि अझै केही छनभावी संरचना योजनाहरु छन ती योजना बनाउदा पहुचमैत्री बनाउन पर्ने देखिन्छ यसैगरी योजना लाई अनुमोदन गरि पहुचयुक्त बनाउनु पर्दछ ।अपाङ्गता भएका व्यक्ति हरुले उत्पादन गरेको सामाग्रीहरु नगरले आवश्यकता अनुसार खरीद गरेको अवस्था छ ।यसै गरि अपाङ्गता भएका व्यक्ति हरुलाई रोजगार तर्फ उन्मुख बनाउन सकिन्छ भन्ने कुरामा समय समयमा बृहत् छलफल भएको कुरा नेत्रहीन संघ रुपन्देही का अध्यक्ष कृष्ण जि. सी. बताउनु हुन्छ साथै नगरले बजार व्यवस्था गरिदिन जरुरी छ ।
यसै गरि अपाङ्गता भएका व्यक्ति हरुको खणडीकृत तथ्यांक नभएको कारण पनि उहाहरु अवस्था कस्तो छ के छ सामाजिक ,मानसिक, सास्कृतिक, अवस्था को जानकारी नहुदा पनि जति अपाङ्गता को क्षेत्रमा खुलेर कार्य हुनुपर्ने हो त्यति हुन नसकेको जानकारी गराउनु हुन्छ । अपाङ्गता परिचयपत्र वितरण कार्यसमिति सदस्य साबित्रा घिमिरे खणडीकृत तथ्यांक हुदा मात्र नगरले छुट्याउनु पर्ने बजेट नीति तथा कार्यक्रममा सहजता हुने र खण्डीकृत तथ्यांकको लागि उपमहानगरपालिकाले पहल गर्नुपर्नेमा जोड दिनु पर्छ।
अपाङ्गता सवालमा सकारात्मक भुमिका खेल्दै उपमहानगरपालिका!“







Leave a Reply