नेपालीहरु को करिव २ शताब्दी पुरानो बसोबास बर्मा अर्थात हालको म्यानमार मा रहेको छ ।पहिलो र दोस्रो बिश्वयुद्धताका अंग्रेज फौजमा रहेका गोर्खाली सैनिक ले निकै बहादुरी पुर्वक ज्यान को आहुति दिदै जापान बिरुद्ध लडदै बर्मा लाई बचाएको इतिहास रहेको छ । तिनै बहादुर गोर्खाली सैनिक र बर्मा मा बसोबास गर्दै आईरहनु भएका नेपाली भाषी दाजु भाई दिदि बहिनि तथा गुल्मी जिल्ला को रमणीय ठाउँ हरु को चर्चा गर्दै तयार पारिएको नयाँ लोक झ्याउरे गित ‘आउँला माया बरीमै घुमेर’ शुक्रबार सार्वजनिक भएको छ । आधुनिक र लोक स्वाद मिसिएको यो गीत अनिल पहाडी युटुव च्यानलमार्फत सार्वजनिक गरिएको हो, जसले छोटो समयमै दर्शकको ध्यान तान्न थालेको छ।
गीतमा अनिल पहाडीलाई गायिका सुनितामी परियारले स्वरमा साथ दिनु भएको छ । संगीतसँगै सञ्चार क्षेत्रमा समेत परिचित अनिल पहाडी हाल रेडियो सैनामैनाका स्टेशन म्यानेजर तथा गौतम बुद्ध प्रेस क्लबका महासचिवका रूपमा कार्यरत हुनुहुन्छ । उहाँको बहुआयामिक सक्रियताले गीतलाई थप चर्चामा ल्याएको देखिन्छ । गीतका भावनात्मक शब्द लाल बहादुर दगामीले लेख्नु भएको छ जसमा माया, यात्रा र जीवनका सम्झनाहरू सरल तर प्रभावकारी रूपमा उतारिएका छ।
संगीत संयोजन बिबि अनुरागीको मिक्सिङ तथा मास्टरिङ श्याम श्वेत रसाइलीको रहेको गीतको रेकर्डिङ प्रिज्म रेकर्डिङ स्टुडियो काठमाडौ मा सम्पन्न गरिएको हो । गीतसँगै सार्वजनिक गरिएको म्युजिक भिडियो पनि आकर्षक बनेको छ ।भिडियोको निर्देशन, क्यामेरा, ड्रोन, एडिट तथा कलर ग्रेडिङको जिम्मेवारी विष्णु भट्टराईले गर्नुभएको छ ।
भिडियोमा अनिल पहाडी स्वयंका साथै यमि मगर, सगुन शर्मा, विष्णु भुसाल, पुस्कर भुसाल, खेम बहादुर विश्वकर्मा, सुरज शाक्य, सुमी सुनार र आरती बरालको अभिनय देख्न सकिन्छ । मेकअप तथा हेयर सगुन शर्माले गर्नु भएको छ भने क्यामेरामा सहायकको रूपमा करन तुलाधरको रहेको छ । भिडियोको पोस्ट–प्रोडक्सन अविरल फिल्म्स ले गरेको हो । ‘आउला माया बरीमै घुमेर’ नेपाली आधुनिक/लोक संगीतको मिश्रणमा बनेको प्रेमगीत हो, जसले पारिवारिक आत्मीयता, मायाको यात्रा र साधारण जीवनका भावनात्मक पक्षलाई उजागर गर्छ । गीत सार्वजनिक भएसँगैसामाजिक सञ्जालमा दर्शकहरूले सकारात्मक प्रतिक्रिया दिइरहेका छन् । आगामी दिनमा यो गीतलाई रेडियो, डिजिटल प्लेटफर्म र विभिन्न सांगीतिक कार्यक्रममार्फत थप प्रवर्द्धन गरिने तयारी रहेको बताइएको छ, जसले सबै उमेर समूहका श्रोतामाझ गीतलाई लोकप्रिय बनाउने अपेक्षा गरिएको छ ।




Leave a Reply